भुषणले जिते ‘२ नम्बरी’को शिर्ष गित लेखेर ५० हजार

भुषणले जिते ‘२ नम्बरी’को शिर्ष गित लेखेर ५० हजार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टीस्टारर सिनेमा ‘२ नम्बरी’को शिर्ष गीत बनाउनका लागि निर्माण टिमले प्रतियोगिताको आयोजना गरेको थियो । असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको नाममाथि गीत तयार गरेर पठाउनेमध्ये एक जनालाई नगद पुरस्कार प्रदान गर्ने निर्माण पक्षको घोषणा अनुरुप भुषण खतिवडाको गीत उत्कृष्ट बनेको छ ।

‘२ नम्बरी’ टाइटल गीत लेखन प्रतियोगितामा ६१ वटा गीत प्राप्त भएको थियो । उत्कृष्ट बनेको भुषणको गीत सिनेमामा पनि राखिने निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । भुषणले ५० हजार पुरस्कार जितेका छन् । अब सिनेमाको शिर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहनेछ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा निर्देशक लामाकै कथा लेखन छ । दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘२ नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनलगायतको अभिनय छ ।

उगेन भुटानी अभिनेत्री हुन् । उनले ‘२ नम्बरी’बाट नेपाली सिनेमामा डेब्यू गरेकी हुन् । सिनेमामा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत र टिजरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ ।