मंसिरमा पुग्यो ‘मीलन’

मंसिरमा पुग्यो ‘मीलन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा अभिनित सिनेमा ‘मीलन’को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।

कार्तिक १८ मा रिलिज तयारीमा रहेको सिनेमा अब मंसिर ९ मा रिलिज हुनेछ । एकै मितिमा दुई सिनेमा रिलिज हुँदा सिनेमा क्षेत्रलाई नै असर पर्ने भएकाले ‘मीलन’ रिलिज परिवर्तन गरिएको निर्देशक टेक पौरखी राईले जानकारी दिए ।

मंसिर ९ मा अहिलेसम्म ‘मीलन’ एक्लो सिनेमा बनेको छ । कार्तिक १८ मा उसले मल्टिस्टारर ‘लाखे’संग बक्सअफिस भिडन्त गर्ने पर्ने थियो ।

निर्देशक राईको लेखन रहेको प्रेमकथानक सिनेमामा सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायतका कलाकारहरुको पनि अभिनय छ ।

राहुल राईको छायांकन रहेको सिनेमालाई काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको हो । तारा थापा किम्भेको सम्पादन रहेको सिनेमामा कुमार महर्जनको द्वन्द्व र टंक बहादुर राईको भिएफएक्स छ ।

सिनेमाका निर्माता प्रविण थापा हुन् ।