शुक्रबारबाट प्रदर्शनमा आयो सलोन, कुशल र शिल्पा अभिनित ‘मिलन’

शुक्रबारबाट प्रदर्शनमा आयो सलोन, कुशल र शिल्पा अभिनित ‘मिलन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट नेपाली सिनेमा ‘मिलन’ले प्रदर्शनमा आएको छ । प्रचार-प्रसार बिना नै प्रदर्शनमा आएको सिनेमाले मंगलवार भएको प्रिमियरमा भने सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । सिनेमाले मल्टीप्लेक्स र सिंगल थिएटरमा पर्याप्त मात्रामा शोज पाउन सकेको छैन ।

‘मीलन’लाई मल्टीप्लेक्समा शुक्रवारबाटै प्रदर्शनमा आएको अभिनेता वरुण धवन अभिनीत बलिउड सिनेमा ‘भेडिया र पाँचौं हप्तामा प्रदर्शनरत सिनेमा ‘महापुरुष’ ठूलो चुनौती बन्ने देखिन्छ । प्रदीप भट्टराई निर्देशित ‘महापुरुष’ पाँचौं हप्तामा पनि राम्रो शो र अकुपेन्सी सहित प्रदर्शन भैरहेको छ । अझै केही हप्ता नेपाली, बलिउड र हलिउडका ठुला सिनेमा हलमा नहुनुकको फाइदा ‘महापुरुष’ले उठाउने देखिन्छ ।

टेक पौरखी राईद्वारा निर्देशित ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय छ । एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा सिनेमा केन्द्रित छ । प्रिमियरमा मिलेको प्रतिक्रियाले व्यापारमा सघाउ पुग्ने विश्वास निर्माण टिमको छ ।

सिनेमामा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिन्चोकमा छायांकन भएको सिनेमाको निर्माण प्रविन थापाले गरेका हुन् । यही सिनेमाबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका छन् ।