‘गुञ्जन’को रोमान्टिक गीत ‘सास चल्छ’मा सारा र प्रितम

‘गुञ्जन’को रोमान्टिक गीत ‘सास चल्छ’मा सारा र प्रितम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – द्धन्द्व निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशकिय सिनेमा ‘गुञ्जन’को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । शुक्रवार सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रविसा अधिकारी र आरिफ रफको स्वर, करणराज कार्कीको संगीत र सन्तोष पोखरेलको शब्द रचना रहेको छ । गीतको भिडियोमा अभिनेत्रत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरी फिचर्ड छन् ।

आगामी पुष २९ गतेबाट प्रदर्शनकको तयारीमा रहेको सिनेमामा सरोज खनाल, हिउँवाला गौतम, कवीर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको पनि अभिनय छ । प्रितमराजले यही सिनेमाबाट अभिनयमा डेब्यू गर्दैछन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको सिनेमा एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ । काठमाडौं, पोखरा, जोमसोम र दुबईमा खिचिएको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । सिनेमाको वितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछन् ।