सेन्सर बोर्डद्धारा ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

सेन्सर बोर्डद्धारा ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै सिनेमा हेर्न पाउने छन् ।

रमेश एमके पौडेलको डेव्यु निर्देशकिय सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

सिनेमाको सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।