‘कार्साङ’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै छिरिङ शेर्पा

‘कार्साङ’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै छिरिङ शेर्पा

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यम शेर्पाको डेब्यू निर्देशनमा निर्माण हुने सिनेमा ‘कार्साङ’बाट छिरिङ शेर्पाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । उनीसँग शेर्पा समुदायमा बनेका केही सिनेमा तथा म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ ।

‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत रहेकी शेर्पाले विश्वकै सर्वाधिक उचाई कालापत्थरमा नृत्य तथा कोरियोग्राफी गरेर गिनिज बुकमा नाम लेखाइसकेकी छन् । ‘कार्साङ’को छायांकन बाह्रबिसे नगरपालिका-६ मा ९० प्रतिशत र बाँकी भोटेकोसीमा गाउँपालिकामा गरिनेछ ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमामा यसअघि नै मुख्य भूमिकामा दयाहाङ राई अनुबन्ध भैसकेका छन् । बुद्धि तामाङको पनि सिनेमामा अभिनय रहनेछ । तिहारपछि छायांकन सुरु हुने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमामा उनी निर्माताको रुपमा पनि छन् ।

शेर्पा समुदायको कथामा बन्न लागेको सिनेमाका लागि अन्य कलाकार प्राविधिक टिम चाँडै छनोट गरिने निर्देशक शेर्पाले बताए । सिनेमामा निर्देेशक शेर्पा स्वंयमको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाको ओभरसिज राइटसको माग बढिरहेको निर्देशक बताउँछन् । सिनेमाको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।