असार १४ गतेबाट ‘कमेडी दरबार’ प्रसारणमा आउने

असार १४ गतेबाट ‘कमेडी दरबार’ प्रसारणमा आउने

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विक्की अग्रवाल र श्रद्धा प्रसाईको निर्देशनमा निर्माण हुने टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । यो शो प्रत्येक शुक्रबार राती ९ बजे प्राइभ टाइम टेलिभिजन र ओएसआर डिजिटलमा प्रसारण हुनेछ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको टिजर सार्वजनिक गरिएको थियो । जसमा कमेडी दरबारका कलाकारहरुको लुक्स देखाइको थियो । कार्यक्रममा सिनेमा निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषी धमला लगायतले शुभकामना दिएका थिए ।

यो कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ बिकाश लामिछाने, प्रबन्ध निर्देशक एलिजा गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो । यसपटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र शोमा नदेखिने जानकारी गराए ।

कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा अभिनय गर्नेछिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोंच भएका युवाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने बताइन् ।

यो शोमा गौरी मल्लका अलवा अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतको अभिनय रहनेछ । शोमा अर्का कलाकार गायक सिडी बिजय अधिकारी भने सांगीतीक कार्यक्रमका लागी देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।