असार ७ ‘शिरफूल’ रिलिज घोषणा

असार ७ ‘शिरफूल’ रिलिज घोषणा

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमल एक्चै मगरको निर्देशनमा निर्माण भएको सिनेमा ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले सिनेमामा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । ‘शिरफूल’मा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ ।

सिनेमामा अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा देखिने छिन् । सिनेमामा राजु थापा, डिपी खनाल र कृष्ण केसीको गीत रचना, हरि लम्साल र देवराज आले मगरको संगीत, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

आशीर्वाद पुन र माया छन्त्याल पुनको निर्माण रहेको सिनेमामा देवराज आले मगरको कथा र राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ । कमलले यसअघि ‘डेसान’ निर्माण गरेका थिए ।

यो मितिमा अभिनेत्री पूजा शर्मा अभिनीत ‘दान्भी’ र स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक सिनेमा ‘आचार्य’ पनि प्रदर्शनमा आउँदैछन् । अर्थान् असार ७ मा त्रिपक्षीय भिडन्त हुने भएको छ ।