‘नेपाल आईडल विथ स्टेन्डअप कमेडी’को आयोजना हुने

‘नेपाल आईडल विथ स्टेन्डअप कमेडी’को आयोजना हुने

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – युएईमा ‘नेपाल आईडल विथ स्टेन्डअप कमेडी’को आयोजना हुने भएको छ । नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा यो कार्यक्रम सम्पन्न हुनेछ ।

आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार, फर्स्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनीको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । यो कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको हो । नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले बताए ।

आगामी शनिवार (अगष्ट ३ तारिख) अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा र आइतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा धेरै संघसंस्थाको सहयोग रहेको ईनास युएईका अध्यक्ष एमडी बोहराले र द अरनीको ईन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिए ।