इन्फा अवार्डमा अनमोल र केकी उत्कृष्ट अभिनेता-अभिनेत्री, दयाहाङ र मिरुना पपुलर अभिनेता-अभिनेत्री

इन्फा अवार्डमा अनमोल र केकी उत्कृष्ट अभिनेता-अभिनेत्री, दयाहाङ र मिरुना पपुलर अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
469
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बेलायतको मुख्य शहर लण्डनमा यती इन्टरनेसनल नेपाली सिनेमा अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको छ । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बीच शनिबार साँझ उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो ।

अभिनेता अनमोल केसी ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी ‘प्रसाद २’बाट सर्वोत्कृष्ट अभिनेत्री ठहरिएका छन् । अवार्ड समारोहमा ‘जारी’ सर्वोत्कृष्ट सिनेमा घोषित हुँदा उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचाले ।

सर्वोत्कृष्ट कथा तथा पटकथाको अवार्ड ‘दिमाग खराब’बाट आकाश बरालले हात पार्दा ‘प्रसाद २’बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिए । सर्वोत्कृष्ट छायांकार ‘प्रसाद २’बाट राजेश श्रेष्ठ, ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, बोक्सीको घरको (बुझिन मैले) गीतबाट गायक प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार र सोही गीतबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायीका, ‘जारी’को ‘चरी बस्यो’ गीतबाट कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक, सर्वोत्कृष्ट नृत्य निर्देशक ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरेँ) गीतबाट अवार्ड उचाले ।

यता वर्ष २०२४ को पपुलर अभिनेताको अवार्ड दयाहाङ राईले सिनेमा ‘जारी’बाट उचाल्दा सोही सिनेमाबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड हात पारिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ ‘पुजार सार्की’बाट प्रदीप खड्का र ‘बोक्सीको घर’बाट सुपला सापकोटाले सर्वोत्कृष्ट अभिनेत्री जुरी तर्फको अवार्ड जित्न सफल भइन् ।

पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाह र सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ बनिन् । यस्तै पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले उचाल्दा इन्करेजमेन्ट अवार्ड सिनेमा ‘लण्डन टु पेरिस’बाट गरिमा शर्माले हात पारेकी थिइन् ।

यो अवार्ड समारोहमा लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली सिनेमा क्षेत्रमा सदाबहार अभिनेताको रुपमा परिचित भुवन केसी सम्मानित भएका हुन् । अभिनेता भुवन केसीले लाईफटाईम एचिभमेन्ट अवार्ड ग्रहण गर्दै गर्दा अभिनेता अनमोल केसीले स्टेजमै पुगेर पिताको खुट्टा ढोगेर सम्मान व्यक्त गरेका थिए ।