सेन्सर पास भयो धिरज र उपासनाको ‘खुस्मा’, पायो युनिभर्सल सर्टिफिकेट

सेन्सर पास भयो धिरज र उपासनाको ‘खुस्मा’, पायो युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
595
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’ यतिवेला प्रचार सामाग्री गीत र ट्रेलरका कारण चर्चाको शिखरमा छ । अहिले पनि सिनेमाको गीत र ट्रेलर युट्युबको म्युजिक र मूभिज सेक्सनको शिर्ष स्थानमा छन् ।

यसैबीच सिनेमाको सेन्सर पास भएको छ । सिनेमाले २ घण्टा २५ मिनेट ५२ लम्बाईसहित युनिभर्सल सर्टिफिकेट पाएको हो । योसँगै हरेक उमेर समुहका दर्शकले सिनेमा सजिलै हेर्न पाउने भएका हुन् । त्यसका साथै सिनेमाले सेन्सर बोर्डबाट राम्रो प्रतिक्रिया समेत पाएको निर्देशक अशोक थापा मगरले बताए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।