पल र बेनिशापछि ‘कल्ली’मा भित्रिए सौगात मल्ल

पल र बेनिशापछि ‘कल्ली’मा भित्रिए सौगात मल्ल

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कल्ली’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । केही दिन अगाडी निर्माता किरण नेपालीले उनीसँग गरेका हुन् ।

यसअघि किरणका तीनवटा सिनेमा ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’मा सौगातले काम गरिसकेका छन् । ‘कल्ली’मा सौगात भूमिका कस्तो रहनेछ भन्ने जानकारी दिइएको छैन । गत साउनमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल चित्रित सिनेमाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै ‘कल्ली’को निर्माण घोषणा गरिएको थियो ।

सिनेमामा सौगातको प्रवेश भएपछि धेरैले पल शाह यो सिनेमाबाट बाहिरिएको हुनसक्ने आँकलन गरिरहेका छन् । यस विषयमा हामीले निर्माता किरण नेपालीसँग कुरा गर्दा बाहिर सार्वजनिक भएका खबरहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् । मेरो सिनेमाको मुख्य भूमिकामा चारजना अभिनेता रहने र त्यसमध्ये एउटामा सौगातलाई अनुबन्धित गरेको उनले बताए ।

रेड वर्ड प्रोडक्शन तथा कस्तुरी प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकन कर्णाली प्रदेशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले बताए । निर्देशक सुनारको कथा र महेश दवाडीको पटकथा तथा संवाद लेखन सिनेमामा छ ।

सिनेमाको तिहार लगत्तै छायांकन सुरु हुन लागेको छ । पौराणिक कथामा आधारित यो सिनेमा नयाँ वर्ष २०८२ को छेको पारेर चैत्र २९ गतेबाट प्रदर्शन हुँदैछ । हाल सिनेमाको प्रि-प्रोडक्सन र कलाकार छनोटको काम भैरहेको छ ।