‘१२ खरी कथा प्रतियोगिता २०८१’का लागि कथा आह्वान

‘१२ खरी कथा प्रतियोगिता २०८१’का लागि कथा आह्वान

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं कथा लेखनको सम्बद्र्धन प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्कोकदमका रूपमा छैटौँडिशहोम बाह्रखरी कथा प्रतियोगिता२०८१घोषणा गरेको

आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेकोयस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक गतेसम्म सम्पूर्ण प्रतियोगीकथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथापठाउन सक्नेछन्

डिशहोम बाह्रखरी कथा-२०८१को निर्णायक समूहमा सशक्त समालोचक तथा लेखक प्रा.डा. ज्ञानू पाण्डे रहनुभएको भनेसदस्यहरूमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी साहित्यकार श्री धीरेन्द्र प्रेमर्षि हुनुहुन्छ

बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वकोआन्तरिक समूहले छाँट्ने काम गर्नेछ आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ

ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय तृतीय कथाका साथैउत्कृष्ट कथा २०८०का लागि थप २२ कथा छानेरपठाउनेछ निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार ४० हजार रुपैयाँ नगद राशिका साथपुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संगृहीत पुस्तक प्रकाशन गरिनेछ

संग्र्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ

गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो

यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ सोही दिनकथासंग्रहको पुस्तकउत्कृष्ट कथा२०८१ को लोकार्पण पनि गरिनेछ

डिशहोम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङकोब्याड भालेप्रथम भएको थियो त्यस्तै, लक्ष्मण वियोगीकोटाउकोद्वितीय सुमित्रा न्यौपानेकोबार्दलीतृतीय भएको थियो

प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीकोलारप्रथम, श्रेयज सुवेदीकोबेजोडाद्वितीय दीपेन्द्र दोङ तामाङकोबुलेट बाइकतृतीय भएको थियो

तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेकोअन्तिम अतिथिप्रथम, स्वप्निल नीरवकोबूढो घरद्वितीय रेणुका जिसीकोमुडुलीतृतीय भएको थियो

चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथादमाहाप्रथम, रमेशजंग थापाकोडढेको आकाशद्वितीय तथा रुमु न्यौपानेकोघूँघटतृतीय भएको थियो

पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथाबूढो लाँकुरीको रुखप्रथम, काठमाडौंका प्रमोद प्याकुरेलकोकाँचुलीद्वितीय गुल्मीका विजय हितानकोचेपाङ, चमेरा चिउरीतृतीय भएको थियो

गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथा संगृहीत पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ

बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिशहोम डिश मिडिया नेटवर्कले गर्दै आएको

उत्कृष्ट कथा-२०८१ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइन प्रिन्ट रहेको भने प्रतियोगिताका अन्य सहयोगीसंस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोडइन्स्योरेन्स लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड रहेका छन् यस वर्ष एयरलाइन्स पार्टनर यती एयरलाइन्स रहेको

सर्त तथा नियम :

कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ

अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन पाइनेछैन

कथा अप्रकाशित अप्रसारित हुनुपर्नेछ नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्नपाइनेछैन

छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ

डिशहोम बाह्रखरी कथा प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वाप्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य

कथा कम्तीमा ,५०० शब्द बढीमा ,००० शब्दसम्मको हुनुपर्नेछ

कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ

प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर हालसालै खिचिएको फोटो पनि पठाउनुपर्नेछ

प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ

कथा पठाउनका लागि-इमेल-[email protected]