कार्तिक २२ गते रिलिज हुने हरर कमेडी ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक

कार्तिक २२ गते रिलिज हुने हरर कमेडी ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी जनरामा निर्माण भएको सिनेमा ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक भएको छ । सन्दिप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको सिनेमाले दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माण टिम ढुक्क देखिएको छ । यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

नबिन भट्टको निर्देशन रहेको सिनेमाको पोस्टरमा मुख्य चार पात्रहरु प्रस्तुत छन् । एक स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ । सिनेमाको पोस्टरसंगै प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ ।

बिन्दबासिनी क्रियसनका व्यानरमा निर्माण भएको सिनेमालाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ लगायतका सिनेमा निर्माण गरेका निर्माता अधिकारी करिब १५ वर्षपछि सिनेमा निर्माणमा फर्किएका हुन् । अब निरन्तर सिनेमा निर्माणमा लाग्ने उनको योजना छ ।

सिनेमा ‘फिरफिरे फिरिरी’को नाम पहेलो रंगले हाईलाइट गरिएको छ । जसमा स्लोगन आज साईकल…..भोली फरारी लेखिएको छ । सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।