१२ गाउँ’को एक हप्ताको कलेक्सन १० करोड ५ लाख

१२ गाउँ’को एक हप्ताको कलेक्सन १० करोड ५ लाख

सिनेमाले एक हप्तामा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको जनाएको छ ।

द सिनेमा टाइम्स
1k
Shares

काठमाडौं । विराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’ले एक हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । सिनेमाले एक हप्तामा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको जनाएको छ ।

वितरक गोविन्द शाहीका अनुसार सिनेमाले हाउसफूल ब्यापार गरिरहेको छ । शो थपिँदै जाँदा हरेक दिन कलेक्सन पनि बढ्दै गएको उनको भनाइ छ । बाँकी कलेक्सन केही दिनमै सार्वजनिक गर्ने उनको भनाइ छ । ‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् ।

न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । सिनेमालाई विराज भट्टले निर्देशन गरेका छन् । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्नेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।