अनमोल स्टारर ‘कृ’ प्रदर्शन नयाँ मिति घोषणा

अनमोल स्टारर ‘कृ’ प्रदर्शन नयाँ मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

Anmol KCफागुणको पहिलो साताबाट छायांकनमा जान लागेको नायक अनमोल केसीको नया“ चलचित्र ‘कृ’को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रका निर्माता सुवास गिरीले आउ“दो बर्षको भदौ १६ गतेबाट यो चलचित्र देशभर रिलिज हुने जानकारी दिएका छन् ।

सुवासले भने–‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौ । भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको हो ।’

यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् ।

चलचित्रमा नायक अनमोल केसी र नव–नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहनेछ । यहि, चलचित्रका लागि नायक केसी अहिले शरीर बनाउन लागिपरेका छन् । जेठ २८ गते अनमोल अभिनित चलचित्र ‘गाजलु’ रिलिज भएको थियो । त्यसको करिब १५ महिनापछि अनमोलको नया चलचित्र रिलिज हुने भएको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।