anmol jasita

ट्रेलर रिलिजपछि विदेशमा ‘फर्की फर्की’को उच्च माग

ट्रेलर रिलिजपछि विदेशमा ‘फर्की फर्की’को उच्च माग

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक भएपछि चर्चामा छ । अहिले यो सिनेमाको विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार ट्रेलर रिलिजपछि विदेशमा सिनेमाको उच्च माग छ ।

यो सिनेमालाई जापानमा सुभाष लामिछानेले वितरण गर्नेछन् भने दक्षिण कोरिया अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ । नेपाली सिनेमाका लागि राम्रो मानिएको अष्ट्रेलिया बजारमा ब्ल्याक आई क्रियशनले सिनेमा वितरणको जिम्मा लिएको छ । हङकङमा भने सिनेमालाई ओपिजी फिल्मस्ले रिलिज गर्नेछ ।

यी बाहेक अन्य देशमा पनि सिनेमाको राइट्स विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । सिनेमाको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छैन, उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो सिनेमा रिलिज हुनेछ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह(निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।