महानायक राजेश हमालले फिल्म निर्माण गर्ने बारे धेरै पहिला बताएका थिए तर अहिले सम्म पनि उनले फिल्म निर्माण गरेका भने छैनन । बुधबार आयोजित एक कार्यक्रममा उनले आफुले फिल्म निर्माणका बारेमा फेरी मुख खोलेका छन् ।
संवाददाताहरुले हमाललाई लामो समय अघि नै फिल्म बनाउने बारे चर्चा चलेको तर हाल सम्म तयारी नभएको बारे प्रश्न गरेका थिए । महानायकले यसबारे जवाफ दिदै बताए” मेरो फिल्म बनाउने सोच पुरानै हो, तर एक खालको डर पनि छ, आज एउटा बिषय सोच्यो त्यो भोली पुरानो भैदिन्छ, मैले बिहे त गरे भने फिल्म त अबश्य बनाउछु (हास्दै ठट्टेउली पारामा) तर यसका लागी थोरै समय भने लाग्छ ।”
छोटा फिल्म वा फिचर फिल्म बनाउने भन्ने प्रश्नमा उनले थपे ” सर्ट फिल्म प्रति मेरो सम्मान छ, तर म सुरुबाटै फिचर फिल्म गरिरहेको भएर फिचर फिल्म नै बनाउने छु ।हमाल ले आफुले बनाउने फिल्म मा निर्देशक र अभिनेता आफै हुने पनि बताए |
नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा एभीन्युज cine premiere प्रसारण भैरेहेको छ ।
प्रतिक्रिया