यसरी भयो रेखाको राप्रपामा प्रवेश (भिडियो)

यसरी भयो रेखाको राप्रपामा प्रवेश (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छन् । सोमबार नयाँ बानेश्वरको ईन्द्रणी होटलमा आयोजना गरिएको कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले रेखालाई सदस्यता पत्र प्रदान गर्दै पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गर्दै रेखाले सदस्यता लिएर पार्टी प्रवेश गरेको राप्रपा नै आफ्नो पहिलो पार्टी रहेको दाबी गरिन् ।rekha-thapa

उनले ए.माओवादी पार्टीको सदस्यता नलिएको र उक्त पार्टीको सदस्य नभएका दाबी गरिन् । एमाओवादी पार्टीले उनलाई गएको संविधानसभा चुनावको टिकट उपलब्ध गराएको थियो । तर, भोटर लिस्टमा नाम नलेखाएका कारण चुनाव लड्न पाएकी थिइनन् । राप्रपा प्रवेश कार्यक्रममा रेखाले भनिन्, ‘म यसअघि कुनै पनि पार्टीको दायरामा थिइँन् ।rekha-thapa

म स्वतन्त्र थिएँ आजाबाट म हिन्दूवाली अर्थात् राप्रपाको भएको छु र हुनेछु ।’ उनकी आमा सरस्वती थापाले पनि राप्रपाको सदस्यता लिइन् । रेखा किन राप्रपा प्रवेश गरिन् त ?

हेर्नुहोस भिडियो…

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।