‘धनपति’ असार २३ मा रिलिज हुने

‘धनपति’ असार २३ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

माघ २७ देखि फ्लोरमा जान लागेको फिल्म ‘धनपति’ले फ्लोरमा जानु अघि नै फिल्मको प्रदर्शन मिति तोकेको छ। फिल्म आगामी वर्ष असार २३ मा रिलिज हुने जनाएको छ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दे फिल्मको रिलिज मितिको घोषणा गरेको हो। फिल्मलाई ‘पशुपति प्रसाद’ टिमले निर्माण गर्न लागेको हो।

फिल्मका निर्देशक दिपेन्द्र के खनाल हुन्। सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ भन्ने कुरामा आधारित फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा देखिनेछन्।

फिल्मकी निर्मात्री रोजिना सिटौला हुन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा छन्।

‘पशुपतिप्रसाद’को व्यापरिक र समिक्षकिय तारिफका कारण पनि फिल्मले आफूलाई आगामी वर्षको प्रतिक्षित फिल्मको सूचिमा समावेश गराइसकेको छ।