लक्ष्मण सुवेदीको ‘लालजोडी’मलेसियामा

लक्ष्मण सुवेदीको ‘लालजोडी’मलेसियामा

द सिनेमा टाइम्स
0
Shares

सञ्चारकर्मी  लक्ष्मण सुवेदी निर्देशित कमेडी फिल्म ‘लालजोडी’ चाइनीज नयाँ बर्षको छेकोमा मलेसियामा प्रदर्शन हुने भएको छ ।  क्वालालाम्पुरस्थिति फेडरल थिएटर ‘चो किट’ र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन हुदैछ  | मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी हुन् ।लामो समयदेखि मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार व्यवसाय गर्दै आइरहेकी मनुले मलेसियामा ‘लालजोडी’को माग भएकाले हलमा प्रदर्शन गर्न लागिएको बताइन् । ‘मलेसियामा रहेका नेपालीले लालजोडी हेर्न इच्छा गरेकाले हलमा प्रदर्शन गर्न लागेका हौ,’ मनुले भनिन् । ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, वुद्धी तामाङ लगायत फिल्ममा लिड अभिनयमा छन् ।