‘यो साईनो मायाको’ ट्रेलर रिलिज

‘यो साईनो मायाको’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो साईनो मायाको’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरलाई पुर्णतः प्रेममय बनाईएको छ भने हाँसो र रोदन पनि २ मिनेट लामो ट्रेलरमा समावेश छ । अरुणकुमार प्रधान निर्देशित फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई अघि बढाउँदै प्रचार सामग्री रिलिज गरेको हो ।  फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।  फिल्मलाई काठमाडौंमा सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएका छन् ।