‘डि सिने अवार्ड’ हेटौंडामा

‘डि सिने अवार्ड’ हेटौंडामा

द सिनेमा टाइम्स
0
Shares

विगत नौं वर्षदेखि नियमित रुपमा आयोजना   गरिदै   आएको डि सिने अवार्ड यसपटक हेटौंडामा आयोजना गरिने भएको छ । ७ वर्ष सम्म नियमित रुपमा काठमाडौंमा आयोजना गरिदैं आएको डि सिने अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा भव्य रुपमा सम्पन्न गरिएको थियो । खासगरी डिजिटल फम्र्याटलाई आधार मानेर प्रारम्भ गरिएको डि सिने अवार्ड नेपालमा आयोजना गरिने अवार्डहरुमा प्रतिष्ठित मानिन्छ । अवार्डलाई पूर्णरुपमा सफल एवं भब्य बनाउनका लागि डि सिने अवार्डका अध्यक्ष शान्तिप्रिय एवं कार्यक्रम संयोजक मणीराज गौतम हेटौंडा पुगेर  शुशान्त श्रेष्ठको  संयोजकमा   स्थानिय संयोजन समिति गठन गरेका  छ्न ।

सल्लाहकारमा निर्माता÷वितरक एवं प्रदर्शक नरेन्द्र महर्जन र पत्रकार उज्जल चौलागाई रहेका छन् । त्यस्तै समिति सदस्यहरुमा कपिल खड्का, श्रीराम दाहाल, सविन न्यौपाने, गणेश दर्पण अधिकारी आदि रहेका छन् । केन्द्रिय समिति एवं स्थानिय समितिको संयोजनमा अवार्ड भव्य रुपमा आयोजना गरिने स्थानिय संयोजक शुशान्त श्रेष्ठले बताए । डि सिने अवार्डका संयोजक मणीराज गौतमले अवार्ड नियमित श्रृंखला भएपनि हेटौंडामा थप स्मरणीय रुपमा सम्पन्न गरिने बताए । अवार्ड अध्यक्ष शान्तिप्रियले अरुले नेपाली अवार्डलाई विदेशतिर लग्न थालेको भएपनि आफूचाही देशकै विभिन्न भागमा दर्शकमाझ नियमित रुपमा जाने र यसै क्रममा पोखरापछि हेटौंडा आएको बताए ।अवार्ड ओम चलचित्र मन्दिर हेटौंडामा बैशाख २८ गते आयोजना गरिने तय भएको छायाँछविले बताएको छ ।०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरु दर्ता गर्न छायाँछविले आग्रह गरेको छ । छायाँछविले चैत्र २५ सम्म दर्ता म्याद तोकेको छ ।