सुपरहिट भाइरल गीत ‘साइली’ शीर्षकमा फिल्म बनाइने

सुपरहिट भाइरल गीत ‘साइली’ शीर्षकमा फिल्म बनाइने

द सिनेमा टाइम्स
0
Shares

रिलिज पश्चात नै सामाजिक संजाल एवम् श्रोता माझ लोकप्रियता कमाएको सुपरहिट गीत ‘साइली’ शिर्षक माथि अब फिल्म पनि बन्ने भएको छ। ‘साइली’ लाई बजारमा ल्याएको जीएच इन्टरटेनमेन्टले यसै शीर्षक माथि फिल्म बनाउने घोषणा गरेको हो।

शनिबार गरिएको ‘साइली’को विमोचन कार्यक्रममा अभिनेता गौरव पहारीले ‘साइली’ फिल्म बन्ने घोषणा गरेका हुन्।

‘भिडियो बनाउँदा नै हामीले फिल्म बनाउने सोच बनाएका थियौ’ गौरवले भने, ‘यस्तो सफलतापछि त अब फिल्म बनाउँनै पर्छ भन्ने लागेको छ । हामी छिट्टै नै ‘साइली’ फिल्मको काम सुरु गर्नेछौ।’

कालिप्रसाद बाँस्कोटाको संगीत तथा शब्द र हेमन्त राणाको स्वर रहेको ‘साइली’ गीतलाई युट्युवमा भिडियो करिब ३९ लाख भन्दा बढि पटक हेरिएको छ। भिडियोमा गौरव र मेनुका प्रधानको अभिनय रहेको छ।