‘डायरी’ पोस्टरमा छुल्ठिम र सन्नी प्रस्तुत

‘डायरी’ पोस्टरमा छुल्ठिम र सन्नी प्रस्तुत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ ५ मा प्रदर्शन हुने फिल्म ‘डायरी’को अफिसियल पोस्टर रिलिज गरिएको छ । शान थापा (टौवा क्रियशन) ले तयार गरेको पोस्टरमा फिल्मका दुई मुख्य कलाकार छुल्ठिम गुरुङ र सन्नी सिंहलाई फिचरिङ गरिएको छ ।

पोस्टरमा दुवैजना रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । सार्वजनिक पोस्टर फिल्मको मुख्य कलाकार रेखा थापालाई प्रस्तुत गरिएको छैन । ट्रेलर रिलिज भएसंगै फिल्ममा देखिएको रेखाको भिलेन लुक्सले चर्चा पाएको छ ।

रेखालाई पोस्टरमा प्रस्तुत नगरेको बारे निर्मात्रीले यसो भनिन: ‘हामि केहि दिनमा रेखाको सोलो पोस्टर रिलिज गर्छौ । अहिलेलाई हामि दुईको पोस्टर रिलिज गरेका हौ । त्यस्तो अफ्ठेरो मान्नु पर्ने कुरै छैन ।’ अनिल योञ्जनको निर्देशन रहेको फिल्ममा छेतेन गुरुङको कथा लेखन रहेको छ भने पटकथा दुवै मिलेर लेखेका छन् ।