तातोपानी ‘नाका’मा पुगे बिपिन

तातोपानी ‘नाका’मा पुगे बिपिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो समय आफ्नो अभिनय क्षमताबाट दर्शकको मन जितिरहेका अभिनेता विपिन कार्की नयाँ फिल्ममा अनुबन्धित भएका छन् । अमित श्रेष्ठले निर्देशन गर्ने ‘नाका’मा विपिन ‘नाइके’को भूमिका निर्वाह गर्नेछन् ।

फिल्म छायाँकनको लागि सिन्धुपाल्चोक तातोपानी नाका पुगेका विपिनले फिल्मको कथावस्तु बारे भने, ‘भूकम्पपछि भएको नाकाबन्दी र त्यसले गुण्डाहरुको ग्याङलाई पारेको असरको कथालाई फिल्ममा उठाइनेछ ।’

बैशाख १४ बाट छायांकन हुने फिल्ममा विपिनसंगै रोविन तामाङ, सजन थापा मगर लगायतका कलाकारको अभिनय रहने छ । ‘नाका’लाई मिडिया आर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेको हो ।

विपिनले अभिनय गरेका ‘छड्के’, ‘कालो पोथी’, ‘लुट २’, ‘पशुपति प्रसाद’ र ‘जात्रा’ प्रदर्शन भैसकेका छन् ।