‘पर्व’को चर्चा युट्युबमा, उक्लियो नम्बर १ ट्रेन्डिङमा

‘पर्व’को चर्चा युट्युबमा, उक्लियो नम्बर १ ट्रेन्डिङमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली फिल्म ‘पर्व’को ट्रेलर युट्युब नम्बर १ ट्रेन्डिङमा उक्लिएको छ । फिल्मको ट्रेलरलाई  रिलिज भएको दुई दिनमै १ लाख २२ हजार पटक हेरिएको छ ।

ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ । फिल्ममा समावेश ‘काले दाई’ बोलको गीतले पनि युटुबमा लामो समयदेखि हंगामा मच्चाइरहेको छ । गीत र ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया आएपछि अहिले यसको निर्माणपक्ष उत्साहित देखिएको छ । तीन महिना अघि सार्वजनिक भएको ‘काले दाई’लाई ९३ लाख भन्दा धेरै पटक हेरिएको छ ।

निर्देशक दिनेश राउतले भने–‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि दर्शकले दिनु भएको प्रतिक्रियाले अझ बढी उत्साह थपेको छ ।’ गोपिकृष्ण टीभी फिल्मीको निर्माण र सुवास इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।

यसैबीच, फिल्म युनिटले मातातिर्थको अवसर पारेर फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको  छ ।