जम्बो टिमका साथ ‘छक्का पन्जा २’को छायांकन सुरु

जम्बो टिमका साथ ‘छक्का पन्जा २’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दिपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा २’ को छायाँकन सुरु भएको छ । विहिबार भक्तपुरको सुर्यविनायक मन्दिरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट फिल्मको शुभ मुर्हत गरियो ।

छायांकनको पहिलो दिन अभिनेत्री स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालले पहिलो सट दिए । राजधानी वरपर र चित्लाङमा हुने गरि चालिस दिनको सुटिङ तालिका बनाइएको कार्यकारी निर्माता विकाशराज आचार्यले बताए ।

स्वस्तिमा र स्वरूपपुरुषसंगै फिल्ममा  दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बर्षा राउत, निश्चल बस्नेत, किरण केसी,  लगायत कलाकारहरुको अभिनय रहनेछ । विकासराज र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्ममा दिपकराजको पटकथा छ | फिल्ममा दिपकराज गिरि, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद छ।

किरण कंडेलको संगीत रहने ‘छक्का पञ्जा २’ लाई दिर्घ गुरुङले खिच्दैछन् भने द्धन्द्ध रोशन श्रेष्ठको रहनेछ । असोज ११ गते सर्वाजनिक हुने ‘छक्का पञ्जा २’ को टिजर भने भोलिबाट हलहरुमा सार्वजनिक हुनेछ । गत बर्ष प्रदर्शनमा आएर एतिहासिक व्यापार गरेको ‘छक्का पन्जा’को सिक्वेलको रुपमा यो फिल्म बन्दैछ ।