‘म यस्तो गीत गाउँछु’को मुस्ताङ पुगेर सकियो छायांकन

‘म यस्तो गीत गाउँछु’को मुस्ताङ पुगेर सकियो छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’को छायांकन सकिएको छ । निर्धारित ४५ दिनमै फिल्मको छायांकन सकिएको निर्माता/निर्देशक सुदर्शन थापाले बताए ।

काठमाडौँ देखि सुरु भएको छायांकन स्याङ्जा हुदै अप्पर मुस्ताङमा पुगेर सकिएको हो । मौसमका कारण केहि दिन छायांकन रोकिए पनि अन्तत तोकिएकै मितिमा छायांकन सकिएको थापाले बताए । फिल्म अहिले सम्पादन कक्षमा पुगिसकेको छ । फिल्मको एक गीत केहि दिनमा सार्वजनिक गरिने बताइएको छ ।

संजय लामाको छायाँकन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा अर्जुन पोखरेलले संगीत दिएका छन् । ‘प्रेम गीत’ पछि अर्जुनसँग सुदर्शनको यो दोश्रो सहकार्य हो । फिल्मको रिलिज मिति असार ३० लाई तोकिएको छ ।