यस्तो देखियो पल र पुजा जोडी: ‘म यस्तो गीत गाउँछु’ (भिडियो)

यस्तो देखियो पल र पुजा जोडी: ‘म यस्तो गीत गाउँछु’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’को पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतले तारिफ बटुल्न सफल भएको छ । ‘भन्छु आज’ बोलको गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाईरहेको छ ।

पहिलो पटक  भिडियोमा फिचरिङ मुख्य कलाकार पल शाह र पुजा शर्माको जोडी सुन्दर देखिएको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वर समावेश गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीत अप्पर मुस्ताङमा छायांकन गरिएको हो । संजय लामाले खिचेको गीतमा प्रितम पाण्डेको सम्पादन रहेको छ | गीतमा शब्द समेत निर्देशककै रहेको छ ।

पूजा र पलसंगै फिल्म ‘म यस्तो गीत गाउँछु’ मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्ममा निर्देशक र अभिनेत्रीको लगानी रहेको छ । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।