‘फाटेको जुत्ता’मा प्रियंका र सौगातको झगडा !

‘फाटेको जुत्ता’मा प्रियंका र सौगातको झगडा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । एकाविहानै ललितपुरको कार्यविनायक मन्दिरमा अभिनेत्री प्रियंका कार्कीलाई अभिनेता सौगात मल्लले जिस्क्याउदै थिए । त्यतिनै बेला वरपर रहेका मानिसहरु यी दुईको द्वन्द हेर्न झुम्मिए ।

प्रियंकाले रिसाएर सौगातलाई अंकित गरेर को हो यो ? भन्दै पराया बनाउदै थिइन् । तर, सौगातले मायालु पारामा प्रियंकाको धज्जी उडाउदै थिए । जब, सौगातले जिस्क्याउदै प्रियंकाको शरीरमा छुन्छन । तब, प्रियंका झर्किदै के गरेको के यो ? भनेर प्रश्न गर्छिन । अनि सौगातले प्रतिप्रश्न गर्छन ‘अच्छा .. अरे वा … अअह .. काठमाडौँको हावा लागेछ ह ?’ अनि ( आफ्नो वरिपरी हावा फुक्दै घुमेर फेरी प्रियंकाकै अनुहारमा कपालनै उड्ने गरी फुकीदिन्छन) । र पुन प्रश्न गर्छन । कस्तो लाग्यो त ?

प्रियंका झनै रिसाउछिन । र, वरिपरी हेर्दै पहलमानलाई गुहार्छिन । अनि सौगात पनी डराउदै वरिपरी हेर्छन । तर, त्यहाँ कोहि पहलमान आउदैन । यतिकैमा झगडा हेर्न भेला भएका मानिसहरुले ताली वर्षाउछन । र, प्रियंका र सौगातको अनुहारमा पनी हाँसोको फोहोरा छुट्छ । यो परिदृश्य रियल नभएर रिलको हो । जहाँ विहिवार ललितपुरको कार्यविनायक मन्दिरमा निर्माता अर्जुनकुमारले नयाँ कार्यको थालनी गरे ।

‘चपली हाइट २’ निर्माताले यसपटक निर्माण गर्ने फिल्म ‘फाटेको जुत्ता’को लागी निकेश खड्कालाई निर्देशनको जिम्मा सुम्पेका छन् । पूर्णतया कमेडी कथामा निर्माण गरिने फिल्मका अन्य कलाकारहरुमा वुद्धि तामाङ, कामेश्वर चौरासिया र रविन्द्र झा रहेका छन् । फिल्म छायांकनका लागी निर्माण टोली आजनै विरगंज तर्फ लागेको छ । करिब एक महिनाको सुटिङ सेड्युल बनाइएको यो फिल्मलाई यहि बर्षको कार्तिक १७ गते रिलिज गरिने बताइएको छ ।