चलचित्र संघको ‘नेम्पा फिल्म अवार्ड’ अमेरिका र अस्ट्रेलियामा हुने

चलचित्र संघको ‘नेम्पा फिल्म अवार्ड’ अमेरिका र अस्ट्रेलियामा हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल चलचित्र संघले नेपाली सिनेमालाई लक्षित गरेर तिन योजनाहरु सार्वजनिक गरेको छ । यस अन्तरगत ‘मुभी अफ द मन्थ’, ‘सिने क्विज’ र ‘नेम्पा फिल्म अवार्ड’ रहेका छन् ।

नेपाल मोसन पिक्चर एसोसिएसनको प्रस्तुतीमा आयोजना हुने अवार्ड २०१७ मा अमेरिकाको टेक्सास र २०१८ मा अस्ट्रेलियाको सिड्नीमा हुने औपचारिक घोषणा गरियो । यो अवार्ड नेपाल चलचित्र संघको सहकार्यमा हुने अध्यक्ष प्रदिपकुमार उदयले बताए । १ जनालाई लाईफटाईम  अवार्डबाट सम्मान गरिने ‘नेम्पा’मा १८ विधा समावेश हुनेछन । अवार्डको अमेरिका संस्करण डी.ए.बि.एस. इन्टरटेनमेन्ट र अस्ट्रेलिया संस्करण केगरिरा डटकमसंगको सहकार्यमा समापन गरिने बताइएको छ ।

नेपालबाट ४० जना सिनेकर्मीको सहभागिता रहने अवार्डको समापन पश्चात सिनेमा पारखी र सिनेकर्मी बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । अमेरिकामा यस बर्ष आयोजना हुने ‘नेम्पा फिल्म अवार्ड’ का लागि २०७३ सालमा प्रदर्शन भएका नेपाली सिनेमाहरुले यही जेष्ठ मसान्तसम्म नेपाल चलचित्र संघको कार्यलयमा नाम दर्ता गरिसक्नु पर्नेछ ।

नेपाल चलचित्र संघले यसै वर्षदेखि विद्यार्थीबीच नेपाली सिनेमाको बारेमा बहस र छलफलको वातावरण बनाउँदै विद्यार्थीहरुलाई नेपाली सिनेमाप्रति अभिरुचि जगाउने उद्देश्यले सिनेमा क्षेत्रमात्र समेटिएको ‘सिने क्विज’ र ‘मुभी अफ द मन्थ’ कार्यक्रम पनि सुरु गर्दैछ ।

क्यूएफएक्स सिने क्विज’ भने ३ चरणमा गरिनेछ । प्रथम चरणमा पूर्वाञ्चल (नारायणी नदी पूर्व) ८ जिल्ला, पश्चिामाञ्चल (नारायणी नदी पश्चिम) १० जिल्ला, उपत्यकका ४ जिल्लाका विभिन्न कलेजहरुबीच हुनेछ भने दोश्रो चरणमा पूर्वाञ्चलका ८ जिल्लाका ८ टिम बीच पूर्वाञ्चल स्तरीय र पश्चिमाञ्चलका १० जिल्लाका १० टिम बीच पश्चिमाञ्चल स्तरीय उपत्यकाका ४ जिल्लाका ४ टिम बीच उपत्यका स्तरीय प्रतियोगिता हुने चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए । उनका अनुसार, अन्तिम चरणमा काठमाण्डौमा पूर्वाञ्चलका २ टिम पश्चिमाञ्चलका २ टिम र काठमाण्डौको १ टिम गरी ५ टिम बीच अन्तिम प्रतिस्पर्धा गराई विजेता घोषणा गरिनेछ ।