राजा दीपेन्द्रको जीवनीमा ‘दीपेन्द्र सरकार’ बन्ने !

राजा दीपेन्द्रको जीवनीमा ‘दीपेन्द्र सरकार’ बन्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दरवार हत्याकाण्ड पछीका पहिलो राजा दीपेन्द्र वीर विक्रम शाहको जीवनी माथी आधारित रहेर सिनेमा बन्ने भएको छ । राजधानीमा आयोजित एक पत्रकार सम्हेलनका बीच राज परिवारसंग सम्वन्धित रहेर बन्ने सिनेमा ‘दीपेन्द्र सरकार’को घोषणा गरिएको हो ।

आशुसेन फिल्मसले बनाउने सिनेमाको लगानी साढे पाँच करोड तोकिएको छ । सिनेमाका लागी मुख्य भूमिकामा ‘प्रेमगीत’ अभिनेता प्रदिप खड्का छनोट भएका छन् । प्रदिपले सिनेमाका लागी आफ्नो तौल मेन्टेन गर्नेछन् । ‘दीपेन्द्र सरकार’का लागी अहिलेसम्म आधिकारिक निर्देशक फाईनल भैसकेका छैनन् । सिनेमालाई २०७५ को जेठ १९ मा सार्वजनिक प्रदर्शनमा ल्याइने बताइएको छ । जुन मितीलाई नेपालीहरुले कालो दिनको रुपमा स्मरण गर्ने गर्छन ।

 

नेपाल, अमेरिका र बेलायतमा छायांकन गरिने यो बायोपिक लेखक विवेककुमार शाहद्वारा लिखित चर्चित पुस्तक ‘मैले देखेको दरवार’संग सम्वन्धित छ । एतिहासिक घटनामा आधारित रहेको यो पुस्तकको आशुसेन फिल्मसले कपीराइट समेत खरिद गरिसकेको छ ।

यो सिनेमालाई फेस्टिभलको लागी डेढ घण्टा र व्यावसायिक रिलिजका लागी २ घण्टाको गरेर दुई फ्रम्याटमा निर्माण गरिनेछ । सिनेमाका लागी अन्य कलाकार घोषणा भैसकेका छैनन् ।

को हुन् राजा दीपेन्द्र ?

सम्भवत: दीपेन्द्र शाह विश्वमै सबैभन्दा छोटो समयका लागि राजा भएका थिए । २०५८ साल जेठ १९ मा भएको दरवार हत्याकाण्ड पछी दीपेन्द्रलाई अर्धमृत अवस्थामै १३औ राजाको रूपमा घोषित गरिएको थियो । र, दरवार हत्याकाण्डकै तेस्रो दिनमा उनलाई मृत घोषित गरिएको थियो । यसअर्थमा दीपेन्द्र करिब तिन दिन मात्र राजा रहे । यहि काण्डका बारेमा संचारमाध्यमहरुमा अनेक थरिका आंकलनका समाचारहरु आए । जुन कुरा ‘मैले देखेको दरवार’मा पनी समेटियो । यिनै राजाको जीवनीमा बन्ने सिनेमालाई आशुसेन फिल्मसले इतिहासलाई प्रतिविम्वित गर्दै घटनामाथि तटस्थ ढंगले कथा वाचन गर्ने जनाइएको छ ।