कस्तो व्यापार गर्दैछ ‘लालटिन’ले ?

कस्तो व्यापार गर्दैछ ‘लालटिन’ले ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता प्रर्दशनमा आएको सिनेमा ‘लालटिन’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । काठमाडौँका सबै जसो हल र उपत्यका बाहिर गरेर करिब ८० वटा हलमा प्रर्दशन भएको ‘लालटिन’ले सकारात्मक प्रतिक्रिया पाएको छ।

काठमाडौँको क्युज, क्युएफ एस  ,बिग मुभिज, बि.यास. आर मुभिज लगायतका हल हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । सिनेमा हेर्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको कारण भोलि  थप उत्साहजनक उपस्थिति रहने अनुमान गरिएको छ । दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतको अभिनय रहेको सिनेमालाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमामा भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीको संयुक्त लगानी रहेको छ ।

प्रदर्शनमा मुखमा निर्माण युनिटले शुक्रबार राजधानीमा प्रेसलाई सिनेमा देखाएको थियो । जहाँ हेरेका सबैले सकारात्मक प्रतिक्रिया दिए । ‘लालटिन’को दर्शकीय चाप हेर्न शनिबार अभिनेता दयाहाङ राई हलमा पुगेका थिए । जहाँ फ्यानहरुले फोटो खिच्दै खुसि साटेका थिए । सिनेमाको अंकगनितिय  रिपोर्ट भने आईसकेको छैन ।