रहेनन् रियल ‘ब्याटम्यान’ एडम वेस्ट !

रहेनन् रियल ‘ब्याटम्यान’ एडम वेस्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हलिउड अभिनेता एडम वेस्टको ८८ बर्षको उमेरमा निधन भएको छ । सन् १९६० को टिभी सिरिज ‘ब्याटम्यान’ का मुख्य कलाकार एडमको ब्लडक्यान्सरका कारण हिजो राति निधन भएको हलिउड मिडियाहरुले लेखेका छन् ।

साथै एडमकै ट्वीटर अकाउन्टबाट उनको निधनको खबर ट्वीट गरिएको छ । १९५० मा ‘हवाई’बाट अभिनय यात्रा तय गरेका एडमले थुप्रै सिनेमा र सिरियलमा अभिनय गरिसकेका छन् ।

एडमलाई रियल ‘ब्याटम्यान’को नामले पनि चिन्ने गरिन्छ । उनले एक अन्तर्वार्ताका क्रममा आफुले ‘ब्याटम्यान’को भूमिका दर्शकलाई हसाउनका लागी गरेको बताएका थिए ।