साउन १३ निखिल प्रतिस्प्रर्धी निखिल, कस्तो छ सम्भावना ?

साउन १३ निखिल प्रतिस्प्रर्धी निखिल, कस्तो छ सम्भावना ?

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ । यसअघि साउन २० प्रदर्शन मिति तय गरेको सिनेमा ‘रुद्र’ एक साता अघिनै रिलिज हुने भएको छ । निखिल उप्रेती मुख्य भूमिकामा अभिनित सिनेमा अब साउन १३ मा प्रदर्शन हुनेछ ।

सिनेमाले नयाँ रिलिज मितिसहितको पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ निखिल उप्रेतीलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । एक साता भित्रै सिनेमाको ट्रेलर सार्वजनिक गरेर प्रचारप्रसारमा उत्रिने निर्देशक रामजी लामिछानेले द सिनेमा टाइम्सलाई बताए ।

यहिँ मितिमा निखिल उप्रेतीकै ‘संरक्षण’ले पनि रिलिज मिति तय गरेको थियो । रिलिज मिति आउँन १ महिनाको समय बाँकी रहदा यो सिनेमा प्रचारमा उत्रिन सकेको छैन । यसै बारेमा ‘संरक्षण’का निर्माता मध्येका एक नरेन्द्र महर्जनले ‘ट्युबलाईट’ प्रदर्शन मिति असार ९ मा सिनेमाको ट्रेलर सार्वजनिक गरेर प्रचारमा ल्याउने बताए |
के अब निखिलको यी दुई सिनेमा एकै मितिमा रिलिज होलान त ? साथै यो मितिमा ‘प्रेमगीत २’ पनि प्रदर्शन हुदैछ ।