कस्तो छ ‘धनपति’को सुख-दुख ? (भिडियो)

कस्तो छ ‘धनपति’को सुख-दुख ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार २३ गते रिलिज हुने सिनेमा ‘धनपति’को गीत सार्वजनिक गरिएको छ । जहाँ सिनेमाका मुख्य कलाकार खगेन्द्र लामिछाने, सुरक्षा पन्त र उनकी छोरी ‘पात्र’का सुख-दुख महशुस गर्न सकिन्छ ।

आधा सुरको शब्द/संगीतमा तयार भएको ‘सुख-दुख’ बोलको गीतमा आधा सुर र सारदा अधिकारीको स्वर समावेश छ । खगेन्द्र लामिछाने लेखेको सिनेमालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

पूर्वी तराईबाट स-परिवार र स्वाभिमान बोकेर राजधानी आईपुगेको ‘धनपति’ अर्थात खगेन्द्र लामिछानेले आफ्नो स्वाभिमान बचाउन गर्नु पर्ने संघर्षको कथा ‘धनपति’मा रहेको निर्माण युनिटले बताएको छ ।

निर्देशक स्वयमले खिचेको सिनेमामा खगेन्द्र र सुरक्षासँगै मनिष निरौला, आशान्त शर्मा, सुरवी वर्तौला, हरिहर शर्मा, रवी गिरि, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।