विदेशी पाहुनाको लागि अंग्रेजी सब-टाइटलमा रिलिज हुनेछ ‘धनपति’ !

विदेशी पाहुनाको लागि अंग्रेजी सब-टाइटलमा रिलिज हुनेछ ‘धनपति’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘धनपति’ यहिँ असार २३ गते अलनेपाल रिलिज हुदैछ । खगेन्द्र लामिछानेको पटकथामा निर्मित सिनेमालाई प्रतिक्षित मानिएको छ ।

यसअघि यी दुई सिनेकर्मी सहकार्यमा रिलिज भएको ‘पशुपति प्रसाद’ नेपाल लगायत विदेशमा बस्ने नेपाली कहाँ रिलिज भए पनि विदेश भाषी दर्शकले भने सिनेमा हेर्न असमर्थ भएका थिए । अब ‘धनपति’ भने नेपालमै पनि विदेशी पाहुनाहरुले हेर्न सक्नेछन । निर्माण युनिटले विदेशी पाहुनालाई लक्षित गर्दै अंग्रेजी सब-टाइटलमा सिनेमा रिलिज गर्नेछ ।

सिनेमाका निर्देशक दिपेन्द्र के खनालले विदेशी साथिहरुको गुनासोलाई मध्येनजर गर्दै राजधानीको कुमारी हलमा अंग्रेजी सब-टाइटलमा सिनेमा देखाउने जानकारी दिए ।

टुकी आर्टसको व्यानरमा निर्मित सिनेमालाई रोजिना सिटौलाले निर्माण गरेकी हुन् । सिनेमामा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरवी वर्तौला, हरिहर शर्मा, रवी गिरि र कमल देवकोटाको अभिनय छ ।