‘सायद २’ दोस्रो अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

‘सायद २’ दोस्रो अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० गते प्रदर्शन हुने सिनेमा ‘सायद २’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले सिनेमाको प्रचार व्यापक बनाएको छ । पहिलो ट्रेलर, गीत/संगीतबाट सिनेमाले राम्रो प्रतिक्रिया पाईरहेको छ ।

सिनेमाको प्रचारमा निर्माताले देखाएको लगावले बजारमा सकारात्मक चर्चा बटुल्दा ‘सायद २’ले बक्सअफिसमा कस्तो उपस्थिति जनाउने हो प्रतिक्षाको विषय बनेको छ । युवा प्रेमकथामा आधारित सिनेमालाई पुष्पराज न्यौपानेले लेखन/निर्देशन गरेका हुन् ।

दुर्गिस फिल्मसको व्यानरमा निर्मित सिनेमामा सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला, सुनिल रावल लगायतका कलाकारको अभिनय छ ।