anmol jasita

सबै भन्दा माथि ‘दुई रुपैयाँ’ !

सबै भन्दा माथि ‘दुई रुपैयाँ’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २३ मा रिलिज हुने ‘दुई रुपियाँ’ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । दुई गीतको सफलता र ट्रेलर प्रति दर्शकले देखाएको मायाले यतिबेला ‘दुई रुपियाँ’ प्रतिक्षित बनेको छ ।

तिन दिन अगाडी युट्युबमा सार्वजनिक गरिएको ट्रेलरले चर्चा पाईरहेको छ । अहिलेसम्म साढे ७ लाख भन्दा धेरै पटक हेरिएको सिनेमाको ट्रेलर युट्युब ट्रेन्डीङको नम्बर १ मा उक्लिएको छ । पछिल्लो समय युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा पुग्ने सिनेमाले  बक्सअफिसमा समेत सकारात्मक नतिजा दिईरहँदा ‘दुई रुपैयाँ’बाट पनि सिने क्षेत्रले आशा बोकेको छ ।

नेमाको पटकथा असिफ शाह र आशिष रेग्मीले लेखेका हुन् । भने, स्क्रिप्ट लेखनमा असिम शाह र विजय अधिकारीको सहयोग छ । राजनराज सिवाकोटीको संगीत रहेको सिनेमामा निश्चल बस्नेत, असिफ शाह, मेनुका प्रधान, बुद्दी तामाङ, रविन्द्र झा, राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय छ । सिनेमालाई असिम शाहले निर्देशन गरेका हुन् ।