डी सिने अवार्ड: कलाकारलाई सम्मान, पत्रकारलाई पुरस्कार !

डी सिने अवार्ड: कलाकारलाई सम्मान, पत्रकारलाई पुरस्कार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यहिँ असार २२ गते हेटौडामा आयोजना हुने नवौं छायाँछबी डि सिने अवार्डमा ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट वरिष्ट संगीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिने भएको छ ।

चार दर्शक देखि नेपाली सिने संगीतमा पुर्याएको योगदान स्वरूप बाँस्कोटालाई लाइफटाइम अवार्डबाट सम्मान गर्न लागिएको हो । त्यस्तै ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान-२०७३’ बाट अभिनेता सरोज खनाल र अभिनेत्री रुपा रानालाई सम्मान गरिने भएको छ । यी दुई कलाकारले अभिनय क्षेत्रमा ३ दशकसम्म पुर्याएको योगदान स्वरूप यो सम्मान गर्न लागिएको हो ।

त्यस्तै सिने पत्रकार लक्ष्मण सुवेदीलाई ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पुरस्कृत गरिने भएको छ । हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने छ ।

समारोह असार २२ गते हेटौडाको ओम्याक्स सिनेमा हलमा हुने अध्यक्ष शान्ति प्रियले बताएका छन् ।