‘म यस्तो गीत गाउँछु’का लागि हात्ती चढे पल र पुजा !

‘म यस्तो गीत गाउँछु’का लागि हात्ती चढे पल र पुजा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘म यस्तो गीत गाउँछु’ले चितवनमा हात्ती र्याली निकालेको छ ।

सिनेमा प्रचारका लागि मुख्य कलाकार पल शाह, पुजा शर्मा र सरोज खनाल हात्ती चढेर चितवनको भरतपुर र नारायणगढ परिक्रमा गरे ।

नेपालमा हात्ती चढेर सिनेमा प्रचार गरेको सम्भवत यो पहिलो पटक हो । थुप्रै पटक हात्ती चढेकी नायिका पूजा शर्माले हात्ती चढेर गरिएको सिनेमा प्रचार बारे प्रष्ट्याउँदै भनिन्, ‘हामी हात्ती जसरी लम्किरहेका छौं । यो प्रचारको नयाँ शैली पनि हो ।’ त्यस्तै पहिलो पटक हात्ती चढेका नायक पल शाहले हात्ती चढ्दा रमाइलो लागेको बताए । ‘रमाइलो हुँदो रहेछ, अझ सिनेमा प्रचार गर्दा बेग्लै अनुभव भयो’, पलले भने ।

हात्तीमा चढेका कलाकारहरुलाई हेर्न भरतपुरमा सर्वसाधारणको घुइँचो लागेको थियो । सिनेमा प्रचारका लागि राजधानी बाहिर रहेको पल/पुजाको जोडी आजै बुटवल तर्फ प्रस्थान गरेको छ । टिम पोखरा हुँदै काठमाडौँ फिर्नेछ । सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ प्रतिक्षा गरिएको सिनेमा हो ।

असार ३० गते प्रदर्शन हुने सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।