Congratulations: लक्ष्मण सुवेदीलाई ‘छायाँछवी चलचित्र पत्रकार’ सम्मान !

Congratulations: लक्ष्मण सुवेदीलाई ‘छायाँछवी चलचित्र पत्रकार’ सम्मान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नयाँ पत्रिका राष्ट्रिय दैनिकका पत्रकार लक्ष्मण सुवेदी नवौं डी सिने अवार्डको ‘छायाँछवी चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।

हाल नयाँ पत्रिका दैनिकमा उप-सम्पादकको रुपमा राजधानीबाट कलम चलाईरहेका सुवेदी क्षेत्र नम्बर ६ सुर्खेतका स्थानीय हुन् । करिब डेढ दशक नेपाली सिने क्षेत्रमा कलम चलाएका सुवेदीलाई ९ हजार ९ सय ९९ नगत सहित ताम्रपत्रद्वारा हेटौडामा सम्मान गरिएको हो ।

दुई सिनेमा निर्देशन समेत गरिसका सुवेदीले गीत लेखन र सिनेमा निर्माणमा पनि  आफ्नो उपस्थिति जनाईसकेका छन् । गतिविधि, दिनरात, जनसत्ता, सगरमाथा, दिव्यदर्शन, सिने सम्झना लगायत कान्तिपुर साप्ताहिक र तत्कालिन नेपाल पाक्षिकमा समेत सुवेदीको देन  छ ।

यस लगायत सुवेदीले अन्य थुप्रै मिडियामा आफ्नो कलम चलाएका छन् । सिने पत्रकार लक्ष्मण सुवेदीलाई उक्त सम्मानको लागि हार्दिक बधाई छ ।