सबैले हेर्न पाउँने भए ‘म यस्तो गीत गाउँछु’

सबैले हेर्न पाउँने भए ‘म यस्तो गीत गाउँछु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० गते प्रदर्शन हुने सिनेमा ‘म यस्तो गीत गाउँछु’ सेन्सर पास भएको छ । सुदर्शन थापा निर्देशित म्युजिकल लभस्टोरीलाई सेन्सरले युनीभर्सल सर्टिफिकेट प्रदान गरेको छ । अब यो सिनेमालाई सबै खाले दर्शकले हेर्न पाउनेछन् ।

सिनेमाको कुनै पनि दृश्य र संवादमा कैची नचलाउदा निर्देशक र निर्मात्री पुजा शर्मा हर्षित देखिए । तर, दुई शब्दलाई भने म्युट गर्नु पर्ने सेन्सरले बताएको छ ।

‘सेन्सर सदस्यबाट पाएको प्रतिक्रियाले हामी उत्साहित भएका छौं’, निर्माता समेत रहेका निर्देशक थापाले भने, आम दर्शकले पनि फिल्मलाई मन पराउनु हुन्छ भन्ने विश्वास छ ।’  यता नायिका पूजा शर्माले पनि आफ्नो फिल्मले सेन्सरबाट पाएको प्रमाण पत्र र प्रतिक्रियाले आफु खुसी भएको बताइन् ।

बर्षको प्रतिक्षित सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ । सिनेमामा समावेश अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतहरुलाई दर्शकले अत्याधिक रुचाएका छन् ।