anmol jasita

साउनमा पुग्यो हर्षिका र मोहनको ‘मेरी कुशुम’

साउनमा पुग्यो हर्षिका र मोहनको ‘मेरी कुशुम’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ २६ गते रिलिज हुने भनिएको सिनेमा ‘मेरी कुसुम’ले नयाँ रिलिज मिति तय गरेको छ । अब यो सिनेमा साउन ६ गते रिलिज हुनेछ ।

युएई प्रदर्शनबाट लगानीको केहि प्रतिशत रकम उठाईसकेको सिनेमा साउन ६ को डेटबाट नसर्ने निर्माता/कलाकार मोहन बोगटीले जानकारी दिएका छन् । युएई प्रदर्शनबाट पाएको सकारात्मक प्रतिक्रियाले खुसि छौ । अब नेपाल प्रदर्शनमा पनि दर्शकको साथ मिल्नेमा ढुक्क छौ । बोगटीले भने ।

एनआरएन घिमिरेको लेखन तथा निर्देशनमा बनेको सिनेमामा हर्षिका श्रेष्ठ र मोहन बोगटीको मुख्य भूमिका छ । सुनिता शर्मा बोगटी सिनेमाकी अर्की निर्मात्री हुन् । ‘मेरी कुशुम’मा टंक बुढाथोकीको संगीत र कविराज गहतराजको कोरियोग्राफी   छ ।