नेपाल, अमेरिका पछी युकेमा ‘धनपति’

नेपाल, अमेरिका पछी युकेमा ‘धनपति’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल रिलिजबाट सफलता हात पारेको सिनेमा ‘धनपति’ पछिल्लो समय विदेश रिलिजको दौडमा छ । यसअघि अमेरिकामा समेत रिलिज भैसकेको सिनेमा अब युकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ ।

यूकेका सबै शहरहरुमा “धनपति” प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका एलबिजेट गुरुङका अनुसार, फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा २०१७ अगस्ट २० मा फिल्म “धनपति” रिलिज हुनेछ । अल यूके फिल्म “धनपति” प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमामा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । “धनपति” को सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन् । निर्माता भने रोजिना सिटौला रहेकी छन् ।