सिपी र मालाको जोडी काठमाडौँमा

सिपी र मालाको जोडी काठमाडौँमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन २३ गते सम्पन्न हुन् गैरहेको ‘एलजी सिने सर्कल फिल्म अवार्ड’मा उपस्थित हुनलाई ‘माइतीघर’का अभिनेता सिपी लोहनी र माला सिन्हा काठमाडौँ आईपुगेका छन् । शुक्रबार मध्यान्ह नेपाल ल्याण्ड गरेका यी दुई स्रष्टा उक्त अवार्डमा विशेष अतिथिको रुपमा उपस्थित हुनेछन् ।

माला र सिपीलाई स्वागत गर्न ‘एलजी सिने सर्कल फिल्म अवार्ड’ का प्रमुख दिनेश डिसी अन्र्तराष्टिय त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलमा भएको सञ्चारकर्मीसँगको छोटो कुराकानीमा उनले नेपाल आउँदा खुसी लाग्ने बताइन् । ‘माइती घर’ जोडीलाई पोखरा र चन्द्रागिरी घुमाउने कार्यक्रम रहेको डिसीले बताए । सिनेमा ‘माइती घर’ खेल्ने क्रममा माया बसेपछि माला र सिपीबिच बिहे भएको थियो ।