Record: ‘डिस्पाचियो’ अगाडी, महिना नपुग्दै तोडियो ‘सी यु अगेन’को रेकर्ड !

Record: ‘डिस्पाचियो’ अगाडी, महिना नपुग्दै तोडियो ‘सी यु अगेन’को रेकर्ड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । २६ दिन अगाडी द सिनेमा टाइम्सबाट ‘सी यु अगेन’लाई सर्वाधिक भ्यु, तोडियो ‘गङनम स्टाइल’को रेकर्ड ! शिर्षकमा समाचार सम्प्रेसन भएको थियो ।

तर, गएको २६ दिन मात्र ‘सी यु अगेन’ले यो रेकर्डलाई आत्मसात गर्न सक्यो । आज बिहान लुइस फोन्सीको ‘डिस्पाचियो’ले युट्युबमा सर्वाधिक भ्युको रेकर्ड आफ्नो पक्षमा पारेको छ । यो रेकर्ड पार गर्न ‘डिस्पाचियो’लाई ६ महिना मात्र लाग्यो । साथै प्रतिष्ठित भ्युको यो दौडमा ‘डिस्पाचियो’ ३ अर्व भन्दा बढी हेरिने पहिलो भिडियो समेत बनेको छ ।

३ अर्व भन्दा बढी हेरिने पहिलो भिडियो बन्ने दौडमा केन्द्रविन्दु नजिक पुगेको विज खलिफा र चार्ली पुथको ‘सी यु अगेन’ले विजय हात पार्न सकेन । हिजो साँझ ७ बजे सम्म ‘सी यु अगेन’को भ्यु २ अर्व ९९ करोड ३१ लाख हुँदा ‘डिस्पाचियो’को भ्यु २ अर्व ९९ करोड १२ लाख थियो । तर, ‘डिस्पाचियो’को भ्यु गति ‘सी यु अगेन’को भन्दा ७ गुणा बढी थियो । त्यसैले अहिलेसम्म ‘डिस्पाचियो’लाई ३ अर्व ७४ लाख पटक हेरिएको छ । भने ‘सी यु अगेन’को भ्यु २ अर्व ९९ करोड ५९ लाख बढी छ ।

२६ दिन अगाडी ‘सी यु अगेन’ले सर्वाधिक भ्युको रेकर्ड आफ्नो पक्षमा पार्दा २ अर्व ९० करोड बढी भ्यु पाएको थियो । उक्त समयमा ‘डिस्पाचियो’को भ्यु २ अर्व ५० करोड थियो । र, यो २६ दिनमा ‘डिस्पाचियो’ले थप ५० करोड भ्यु पाउँदा ‘सी यु अगेन’ जम्मा १० करोड भ्यु पाउँन सफल भयो ।

अब ‘सी यु अगेन’ ३ अर्व भ्यु पाउँने दोस्रो गीत बन्न सक्छ । त्यस्तै सर्वाधिक भ्युको तेस्रो नम्बरमा पीएसवाईको ‘गङनम स्टाइल’ रहेको छ । यो भिडियोलाई  अहिलेसम्म २ अर्व ९२ करोड भन्दा बढी हेरिएको छ ।

हेर्नुस युट्युबमा सर्वाधिक हेरिएक दुई भिडियो:-