ट्वाइलेट बन्यो बलिउडकै सर्वाधिक नाफा कमाउँने सिनेमा

ट्वाइलेट बन्यो बलिउडकै सर्वाधिक नाफा कमाउँने सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अक्षय कुमार अभिनित सिनेमा ‘ट्वाइलेट-एक प्रेम कथा’ भारतीय बक्सअफिसमा वर्षकै सर्वाधिक नाफा कमाउने बलिउड सिनेमा बनेको छ ।

प्रदर्शनको १२  दिनसम्म सिनेमाले भारतीय बक्सअफिसमा १ सय २० करोड भारुको व्यापार गरेको छ । दोस्रो सातामा पनि सिनेमाले राम्रो व्यापार गरिरहेको छ । प्रोडक्सन र पब्लिसिटी खर्च सहित जम्मा २४ करोडको बजेट निर्मित सिनेमाले ९६.१५ करोड नाफा कमाएको छ । यसअर्थमा सिनेमाको नाफा प्रतिशत ४००.६२ हुन् आउँछ ।

यो बलिउडको रकम र प्रतिशत दुवैमा सर्वाधिक नाफा कमाउँने सिनेमा समेत बनेको छ । समिक्षक र दर्शकबाट तारिफ पाएको सिनेमाले तेस्रो सातामा पनि राम्रो व्यापार गर्ने अनुमान छ ।