अमेरिकामा गरिएको व्यवहारले अनमोलको चौतर्फी चर्चा !

अमेरिकामा गरिएको व्यवहारले अनमोलको चौतर्फी चर्चा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता अनमोल केसी नेपाली सिनेमा उद्द्योगका वर्तमान नम्बर १ स्टार हुन् । यो लेखिरहन भन्दा पनि उनका सफल सिनेमालाई स्मरण गरे मात्र पुग्छ ।

लगातार ४ सिनेमा हिट दिएर सबैको नजरमा पर्न सफल अनमोल संस्कारी पनि उतिकै छन् । आमा सुस्मिता केसीबाट ५ वर्षकै उमेरमा छुट्टिएर पिता भवन केसीसँगै बस्दै आएका अनमोल कत्तिका व्यावहारिक छन् भन्ने कुरा खासैलाई थाहा हुदैन । भुवनले एक अन्तर्वार्ताका क्रममा अनमोललाई कुनै पनि संस्कारको कमि हुन् नदिएको बताएका थिए ।

साचिकै भुवनले भने जस्तै व्यवहार अनमोल ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा अवार्ड ग्रहण गर्दै गर्दा प्रस्तुत गरे । ‘स्टार अफ द ईयर’को अवार्ड ग्रहण गर्दा अनमोल आफ्ना पिताका सामु घुँडा टेकेर हात थापे । भुवनले पनि मुस्कुराउँदै अवार्ड दिए । अमेरिकाबाट सार्वजनिक भएको यो तस्विर  अहिले चर्चामा छ ।

अनमोलले गरेको उक्त व्यवहार प्रति अहिले नेपाली सिनेकर्मी र उनका शुभ चिन्तकले तारिफयोग्य काम गरेको समिक्षा गरेका छन् । आफु भन्दा वरिष्ट कलाकारबाट यस तरिकाले अवार्ड ग्रहण गर्नुले उक्त कलाकारप्रतिको सम्मान प्रष्ट हुन्छ । र, अनमोल जस्ता कलाकारले माया र हौसला पाउँन सक्छन ।